मुख्य समाचार

रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्दा ३ जना गए जेल

lumbini lockdown

१७ वैशाख, रुपन्देही । रुपन्देही जिल्लामा निषेधाज्ञाको अवज्ञा गरेको आरोपमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा प्रहरीले थियो ।

नियन्त्रणमा लिएकामध्ये रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहारलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

उनीहरुले ९ हजार जरिवाना रकम तिर्न नसक्दा कारागार पठाएको प्रहरीले जनाएको छ । थापाले नियन्त्रणमा लिइएका अन्य भने जरिवाना वापतको रकम तिरेर छुटेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *