१७ वैशाख, काठमाडौं । भक्तपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतिय किशोरलाई पक्राउ गरेको छ ।
चाँगुनारायण नगरपालिका–६ स्थित छालिङमा बस्ने भारतको मोतिहारी घर भएका १९ वर्षीय जितेन्द्र कुमार महतोलाई पक्राउ गरेको हो ।
महतोले ती किशोरीलाई उनकै कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस