
१७ वैशाख, काठमाडौं । लोकप्रिय टिभी पत्रकार तथा कार्यक्रम प्रस्तोता रोहित सारदानको निधन भएको छ । ४२ वर्षका रोहित सारदानले ६ दिन अघि अर्थात् २४ अप्रिलमा सिटी स्क्यानमा आफू कोरोनाद्वारा संक्रमित भएको पाइएको जानकारी ट्वीटरमार्फत् दिए ।
त्यतिबेला उनले आफ्नो स्थिति राम्रो भइरहेको बताएका थिए । उनको मृत्यु हृदयगति रोकिएका कारण भएको च्यानलले जानकारी दिएको छ । रोहित सरदानाका सहकर्मी र इन्डिया टुडेका वरिष्ठ पत्रकार राजदीप सरदेसाईले पनि ट्वीट गरेर रोहितको मृत्युको पुष्टि गरेका छन् ।
एक हफ़्ते पहले बुख़ार और बाक़ी लक्षण आने के बाद टेस्ट कराया था. RTPCR नेगेटिव आया लेकिन CTScan से कोविड की पुष्टि हो गई थी. अभी हालत पहले से बेहतर है. आप सभी अपना और अपने परिवारजनों का ख़याल रखें. pic.twitter.com/mq4fC9HQ9L
— रोहित सरदाना (@sardanarohit) April 24, 2021
राजदीपले आफ्नो ट्वीटमा लेखेका छन्, ‘रोहित र मेरो राजनीतिक विचार मेल खाँदैनथे तर हामी कुनै द्वेष बिना बहस गर्दथ्यौं । हामीले एक रात एउटा शो (सायद कर्नाटकमाथि सर्वोच्च अदालतको निर्णय) गरेका थियौं र यो करिब तीन बजे पूरा भएको थियो । शो समाप्त भएपछि रोहितले भने, ‘बस आज निकै मजा आयो । रोहित उत्साही पत्रकार र उद्घोषक थिए । श्रद्धाञ्जली रोहित ।’
राजदीपले आफ्नो दोस्रो ट्वीटमा रोहितको मृत्यु हृदयघातका कारण भएको बताएका छन् ।
Rohit and I had differing political views but always enjoyed debating without any rancour. We did a show one night that finished at 3 am (think it was SC verdict on Karnataka) after which he said, ‘boss aaj maza aa gaya!’ He was a passionate anchor journalist. RIP Rohit Sardana.
— Rajdeep Sardesai (@sardesairajdeep) April 30, 2021