बागमती प्रदेश

हेटौँडा अस्पतालमा ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु

hetauda hospital

१७ वैशाख, मकवानपुर । हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस सङ्क्रमित बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालमा स्थापना गरेको आइसीयु र भेन्टिलेटर सेवाको आज शुभारम्भ गरेका हुन् ।

यसैगरी मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित कोभिड–१९ सङ्क्रमित बिरामीहरूका लागि स्थापना गरिएको क्वारेन्टिन कक्षको पनि आज स्थलगत अनुगमन गरे। सो कक्षमा १२० शैय्या रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले कोभिड–१९ सङ्क्रमित बिरामीहरुलाई तत्काल उपचार गर्न आइसीयु, भेन्टिलेटर र दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ उपलब्ध गराउने बताए । उनले उपचार सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन चिकित्सकलाई निर्देशन दिए ।

प्रतिष्ठानले हेटौँडा अस्पताल परिसरभित्र १६ शैय्याको सघन उपचार कक्ष र ६ शैय्याको भेन्टिलेटर कक्षको स्थापना गरिएको हेटौँडा अस्पतालका डा.सागर काफ्लेले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस