मुख्य समाचार

बाबुराम भट्टराईको पेटमा रहेको ट्युमरको सफल शल्यक्रिया

baburam operation

१७ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको सफल शल्यक्रिया सम्पन्न भएको छ । भट्टराईको पेटमा रहेको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएको हो ।

उनकी पत्नी हिसिला यामीले ट्वीटरमार्फत् सफल शल्यक्रिया भएको बताएकी छन् । साथै उनले उपचारमा संलग्न चिकित्सकलाई धन्यवादसमेत दिएकी छन् । काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गरेको हो ।

भट्टराई बिहीबार नै वीर अस्पताल भर्ना भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *