गण्डकी प्रदेश

पोखरामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

covid 19 dead

१७ वैशाख, पोखरा । पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–६ की ८२ वर्षीया महिला र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

८२ वर्षीया महिलाको पोखरास्थित चरक मेमोरियल अस्पतालमा बिहीबार राति मृत्यु भएको उनले बताए । उनीमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी स्याङ्जाका ६२ वर्षीय पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा बिहीबार राति १२ः४५ बजे मृत्यु भएको उनले बताए । उनीमा वैशाख ५ गते संक्रमण पुष्टि भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस