मनोरञ्जन ताजा समाचार

प्रकाश सपूतलाई कोरोना संक्रमण, सचेत रहन आग्रह

prakash saput

१७ वैशाख, काठमाडौं । चर्चित एवं लोकप्रिय गायक प्रकाश सपूतलाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं मेडिकल कलेज (केएमसी)मा गरिएको पीसीआर परिक्षणमा उनको रिपोट पोजेटिभ आएको हो ।

सपूतले आफु कोरोना संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘अन्ततः काठमाडौँ मेडिकल कलेजका  अनुसार मेरो पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ,’ प्रकाशले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वप्रथम त यो बीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पीसीआर टेस्ट गर्नुहोला ।’

एकदमै धेरै शरीर दुख्ने–गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाइटी महसुस भएपछि आफूले पीसीआर टेस्ट गराएको जानकारी दिएका सपूत अहिले होम आइसोलेशनमा छन् ।

आफ्नो अवस्था सामान्य रहेको बताएका सपूतले अगाडि लेखेका छन् ‘कोरोना जित्न सकिन्छ भन्ने आत्मबल राखौँ । तर यसलाई सामान्य भने नठानौँ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौँ !

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस