१७ वैशाख, काठमाडौं । सामाजिक संजालमा हाँसो प्रकट गर्नको लागि प्रयोग गरिने चर्चित मिमबाट विश्वव्यापी चर्चा बटुलेका ‘स्पेनिस लाफिङ गाइ’ जुआन जोया बोर्जाको निधन भएको छ । जुआनको बुधबार ६५ वर्षको उमेरमा निधन भएको हो ।
जुआन आफ्नो हाँसोको कारण भाइरल छन् । सामाजिक सञ्जालमा उनी ‘एल रिसिटस’ अर्थात् ‘हाँसो’ नामबाट परिचित छन् । स्पेनिस एजेन्सी इएफईका अनुसार जुआनको दे ला कारिडाड अस्पतालमा उपचार भइरहेको थियो ।
उनी सन् २०२० तिरै खुट्टाको समस्या भएपछि अस्पताल भर्ना भएका थिए । दे ला कारिडाड अस्पतालबाट जुआनलाई भर्जेन देल रोकियो अस्पतालमा सारिएको थियो। त्यही उनको बुधबार मध्य राति मृत्यु भएको हो ।
जुआनले ‘एल रिसिटस’ नाम सन् २००७ जुनमा एक स्पेनिस कमेडिअन कार्यक्रममा (रेटोनस कोलोरास) देखा परेपछि पाएका हुन् । कार्यक्रममा उनी आफ्नो जीवनका घटनाबारे सुनाउँदै थिए ।
प्रतिक्रिया दिनुहोस