
१७ वैशाख, मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले कोराना संक्रमणको दर उच्च हुँदै गएपछि विराटनगर महानगरपालिकासहित तीन गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले शनिबार राति १२ बजेदेखि लागू हुने गरी सात दिनका लागि निषेधाज्ञा गरिएको बताए ।
उनले विराटनगर महानगरपालिका,बुढीगंगा गाउँपालिका,जहदाँ गाउँपालिका तथा कटहरी गाउँपालिकाको १, २ ३ र ४ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको बताए । कोरोनाको दोश्रो लहरसँगै यी क्षेत्रमा संक्रमित हुनेको दर बढेको निष्कर्षसहित स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ ।
शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक बस्त्र बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस