संगीत

‘भ्वाइस अफ नेपाल’ बाट चिनिएका गायक कुशलले ल्याए ‘हावा सरर’ (भिडिओ)

kushal

१७ वैशाख, काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन १’ प्रतियोगितामा फाइनलसम्म पुगेका गायक कुशल आचार्यको पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘हावा सरर’ बोलको गीतको कम्पोज कुशलले नै गरेका छन् ।

कुशल र अंकुश अधिकारीले संयुक्त रुपमा लेखेको गीतमा प्रज्जवल लामा संगीत निर्माता छन् । सुनोद श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा गायक कुशलसँगै सुनोद श्रेष्ठ, रेशा सापकोटा, रोजिना उदास, इश्वर फुँयाल फिचर्ड छन् ।

भिडियोमा सुनोदको कथा र सुनेश श्रेष्ठको पटकथा छ । सुनेशकै छायांकन रहेको भिडियोमा सुनोदको सम्पादन छ । भिडियोमा भिएफएक्स तथा कलरको काम भने प्रविण श्रेष्ठले गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *