मुख्य समाचार

धवलागिरी बेसक्याम्पमा हेलिकप्टरसहित मानव अवशेष फेला

himal

१७ वैशाख, काठमाडौं । ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन गर्ने क्रममा सेनाले धवलागिरी बेस क्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्युपमेन्टसहितका दुईओटा मानव अवशेष फेला पारेको छ । सोही बेस क्याम्पबाट अन्दाजी एक किलोमिटर इटाली बेस क्याम्पतर्फ नाइनएन एसीआर लेखेको हेलिकप्टरको अवशेषसमेत फेला परेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

शुक्रबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “मृतकहरूको पहिचान नखुलेकोले यस सम्बन्धमा थप छानविन भइरहेको छ भने हेलिकप्टरको सम्बन्धमा एयर डाइनास्टीको सन् २००६ मा दुर्घटना भएको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।”

himal

उक्त मानव अवशेषहरू व्यवस्थापन सम्बन्धमा सम्बन्धित निकायहरूसँग समन्वयको प्रक्रियासमेत सुरु गरिएको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस