मुख्य समाचार

संक्रमण फैलिने दर डरलाग्दो

corona virus in banke

१८ वैशाख, काठमाडौं । देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर ४ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । ३ सय ३१ जना आईसीयू र १ सय १५ जनाको भेन्टिलेटरमा उपचार जारी छ ।

अस्पतालमा आईसीयू र भेन्टिलेटर अभाव भएपछि गम्भीर संक्रमितका आफन्तले शय्या उपलब्ध गराउन नेता, सांसद, चिकित्सकदेखि स्वास्थ्य मन्त्रालयका अधिकारी, स्वास्थ्यकर्मीलाई अनुनयविनय गर्न थालेका छन् ।

केही कोभिड अस्पतालले भेन्टिलेटर र आईसीयू अभाव भएको भन्दै सूचनासमेत जारी गरेका छन् । गम्भीर संक्रमितका आफन्तले भेन्टिलेटर पाउन मृत्यु कि डिस्चार्ज कुनुपर्ने अवस्था आएको गुनासो गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शुक्रबार पुगेका एक गम्भीर संक्रमितका आफन्तले भने, ‘भेन्टिलेटर पाउन त मृत्यु र डिस्चार्जमध्ये एउटा कुनुपर्ने रहेछ ।

भेन्टिलेटर नै नपाइने भएपछि निजी अस्पताल रेफर गर्नुप¥यो ।’ सबैभन्दा धेरै बाग्मती प्रदेशमा आईसीयूमा १ सय ४४ र भेन्टिलेटरमा ७२ जना संक्रमित उपचाररत छन् । प्रदेश एकमा ४० जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा नौ जना आईसीयू र दुइ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा ८४ जना आईसीयू र २० जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा २७ जना आईसीयू र सात जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा २२ जना आईसीयू र सात जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्तमान स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेको भन्दै सचेत रहन आमसर्वसाधारणलाई अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शøया उपलब्ध नहुने अवस्था आइसकेको बताएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीले संक्रमण फैलिने दर डरलाग्दो गरी अघि बढिरहेको बताए । यो समाचार राजधानी दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस