मुख्य समाचार

रुपन्देही र नवलपरासीका दुई संक्रमितको मृत्यु

butwal corona hospital

१८ वैशाख, बुटवल । रुपन्देही र नवलपरासी पश्चिमका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ ।

नवलपरासीको रामग्राम नगरपालिका १० की ४५ वर्षिया महिलाको बिहान ४ बजे  मृत्यु भएको छ भने रुपन्देहीको  शुद्धोधन गाउँपालिका ५ का ५५ वर्षिय पुरुषको आज बिहान ५ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका  प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

वैशाख १३ गते संक्रमण पुष्टि भएका उनीहरु १६ गते देखि त्यस अस्पतालमा भर्ना भई उपचार गराई रहेका थिए । यो सँगै अस्पतालमा मृत्यु हुनेको संख्या १ सय ९२ जना पुगेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस