समाचार

गुजरातको कोरोना अस्पतालमा आगलागी, १२ बिरामीको मृत्यु

gujrat fire accident

१८ वैशाख, काठमाडौं । भारतको गुजरातस्थित एउटा कोरोना अस्पतालमा आगलागी हुँदा कम्तिमा १२ जना बिरामीको मृत्यु भएको छ । मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भरूचको वेलफेयर अस्पतालमा शुक्रबार राति साढे १२ बजेतिर आगलागी भएको त्यहाँकाे प्रहरी चौकीका एसपी राजेन्द्रसिह चुडास्माले जानकारी दिएका छन् । अस्पतालका अनुसार उपचाररत १२ बिरामीले ज्यान गुमाएका छन् ।

आगलागीमा परेर कयौं बिरामीहरू गम्भीर घाइते भएका छन् । आइसियुमा विद्युत सर्ट भएर आगो लागेको एसपी चुडास्माले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस