मुख्य समाचार

अमेरिकाले लगायो भारतलाई यात्रा प्रतिबन्ध, यथाशीघ्र भारत छाड्न आफ्ना नागरिकलाई सुझाव

usa department of state

१८ वैशाख, काठमाडौं । अमेरिकाले भारतबाट अमेरिका आउने सबै प्रकारको यात्रा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनको प्रशासनले आगामी मे ४ मंगलबारदेखि लागू हुने गरी १४ दिनसम्म भारत र भारतभूमिबाट हुने अमेरिकी यात्रा रोक्ने निणर्य गरेको हो ।

विभिन्न अमेरिकी संचारमाध्यमका  अनुसार, भारतमा कोरोना भाइरसको संक्रमण दर अतिउच्च भएको र कोरोना भाइरस भेरिएन्टको संक्रमण पनि उच्च दरमै रहेको कारण भारतबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निणर्य गरिएको हो ।

यसैबीच अमेरिकाले भारतमा कोरोनाको महामारी खराब बन्दै गर्दा त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई यथाशीघ्र मुलुक छाड्न सुझाव दिएको छ । चौथो स्तरको ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकाले आफ्ना नागरिकलाई भारतको यात्रा नगर्न चेतावनी दिएकोमा सुरक्षित तरिकाले भारत छाड्न सुझाव दिएको छ ।

अहिले भारत र अमेरिकाबीच १४ वटा सिधा उडानहरु रहेका छन् । अन्य केही उडानहरु युरोप ट्रान्जिट भएर अमेरिका आवतजावत गर्छन्। भारत छाड्न चाहने अमेरिकनहरुलाई ब्यापारिक उडान प्रयोग गर्न अमेरिकी विदेश मन्त्रालयले सुझाव दिएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस