मुख्य समाचार

वर्षमान पुन भन्छन् – सरकारले त्रास फैलायो

barsaman pun

१८ वैशाख, काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताएका छन् । उनले कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी गम्भीर लापरबाही गरेको पनि बताए । सरकारले नै लापरबाही गरेर भीड जम्मा गरेको पछि सक्दिनँ भनेर हात उठाउनु गैरजिम्मेवार भएको उनको भनाइ छ ।

सरकारले उक्त कुरा तुरुन्तै सच्याएर जनताको चेकजाँच र स्वास्थ्य उपचारमा ध्यान पु¥याउनुपर्ने उनले बताए । उनले भने, ‘आफैँ लापरबाही गरेर, हजारौँ हजारको मास जम्मा गरेर, शुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउने असाध्यै गैरजिम्मेवार कुरा हो, यसरी सरकार, राज्य केहीपनि चल्न सक्दैन । यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्योपचार, चेकजाँच, परिक्षणका कुराहरुलाई ध्यान दिनुपर्छ ।’ नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि नीजि अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइसोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्ध स्तरमा काम थाल्नुपर्ने पनि बताए ।

सरकारले अन्य राजनीतिक दलहरु र आम जनतालाई परिचालन गर्न नसकी जनतालाई जर्बजस्ती मृत्युको मुखमा धकेल्ने प्रयत्न गरको भन्दै कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग माग पनि गरे । स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना संक्रमण डरलाग्दो गरी फैलिएको र कोरोना नियन्त्रण सरकारको पहुँच बाहिर पुगेको भन्दै विज्ञप्ति निकालेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस