समाचार

हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

accident

१८ वैशाख, मकवानपुर । हेटौंडामा सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरका अनुसार ना ३८ प ९३५३ नम्वरको मोटरसाइकल र बा ८ च २९५३ नम्वरको कार एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा कार र मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्वर–४ का ३५ वर्षीय सञ्जय कुमार शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार नवलपरासी जिल्ला निवासी बर्ष अन्दाजी ३३ की ज्योति अर्याल घाइते भएकी छिन् । घाइते भएकी अर्यालको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस