मुख्य समाचार

नेपालमा अहिलेसम्मकै उच्च संक्रमित फेला, थप ५७६३ जनामा संक्रमण पुष्टि

jageshwor gautam

१८ वैशाख, काठमाडौं । नेपालमा थप ५७६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत वर्षको अक्टोबर २१ मा नेपालमा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा त्यसयता शनिबार हालसम्मकै उच्च ५७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार पनि ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

एन्टिजेन विधिबाट ५६६ जनाको परीक्षण गर्दा ५७ जना र पीसीआर विधिबाट १४ हजार ४०३ जनामा परीक्षण गर्दा ५ हजार ७०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ । यस्तै मृतकको कुल संख्या ३ हजार २९८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *