
१८ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनाल नर्भिक अस्पतालमा भर्ना भई स्वास्थ्य परीक्षण हुँदै गरेको अस्पतालका डाक्टर अबुल हुसेनले जानकारी दिए । उनलाई कोरोनाको लक्षणसमेत देखिएको बताइएको छ ।
खनालको सचिवालयले कोभिड १९ को सामान्य लक्षण देखा परेको कारण नर्भिकमा भर्ना भएको बताउँदै उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार खनाललाई अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस