कर्णाली प्रदेश

सुर्खेतमा थप एक साता निषेधाज्ञा

surkhet andolan

१८ वैशाख, सुर्खेत । सुर्खेतमा वैशाख १४ गतेबाट जारी निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दर सात दिनमा मात्रै कम हुने सम्भावना नदेखिएकोले बैशाख २७ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

उनले भने ,‘ अनुगमनका कडाइ गर्ने र निषेधाज्ञाको उलङ्घन गर्नेलाई संक्रामक रोग ऐन अन्तरगत कारबाही गरिने छ ।’

कोरोनाको संक्रमण दर भयावह बन्ने अवस्था बन्दै गएकोले कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न र निषेधाज्ञामा घरमै बसेर कोरोना संक्रमण हुनबाट जोगिन प्रजिअ रिजालले आग्रह गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *