मुख्य समाचार

धनुषामा चक्कु प्रहारबाट एक जनाको मृत्यु, ३ जना फरार

Murder

१८ वैशाख, धनुषा । धनुषामा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । धनुषाको हंसपुर नगरपालिका-६ तीलही बस्ने २५ वर्षीय शम्भु मण्डलको धारिलो हतियार चक्कु प्रहारबाट शनिबार बिहान मृत्यु भएको हो ।

घरायसी विवादको कारण झै-झगडा हुँदा शम्भुलाई आफ्नै श्रीमती २३ वर्षीया शुसीला देवी मण्डल तथा शम्भुकै भाइहरू २४ वर्षीय संजय भन्ने जय मण्डल र २३ वर्षीय अनिल मण्डलले चक्कु प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाल फरार तीनै जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस