समाचार

कोभिड रोकथाम तथा नियन्त्रणका लागि अमेरिकाले नेपाललाई ८५ लाख डलर सहयोग गर्ने

nepal America

अमेरिकाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्ने भएको छ ।

शनिबार नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै  युएसएआइडीमार्फत ८५ लाख डलर बराबरको थप आपतकालीन प्रतिकार्य सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

उक्त रकम नेपाली जनताको रोगसँग लड्ने क्षमता विकासका साथै नेपाल सरकारको कोभिड-१९ को जाँच, व्यवस्थापन, उपचार, संक्रमण नियन्त्रणमा खर्च हुनेछ । साथै तीन तहको सरकारका कोभिडसम्बन्धी विभिन्न कार्यक्रमलाई तीव्रता दिनको लागि खर्च हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस