१८ वैशाख, काठमाडौं । एमाले वरिष्ठ नेता झलनाथ खनाल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई उनी शनिवार साँझदेखि नर्भिक अस्पतालमा भर्ना भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ भने बाँकी स्वास्थ्य अवस्था सामान्य रहेको कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बास्तोलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।