मुख्य समाचार

चीनमा भारतको म्युटेन्ट भेरियन्ट भेटिएपछि ‘हाई अलर्ट’ जारी

Coronavirus China

१८ वैशाख, काठमाडौं । चीनमा मनाइने पाँच दिने ‘लेबर होलिडे’ अघि चिनियाँ स्वास्थ्य अधिकारीहरुले बाहिरबाट आएका केही मानिसमा कोरोनाभाइरसको बी१६१७ म्युटेन्ट भेरियन्ट भेटिएको भन्दै चेतावनी जारी गरेका छन् । भाइरसको यो भेरियन्ट सबैभन्दा पहिले भारतमा भेटिएको थियो ।

चिनियाँ सरकारले सार्वजनिक स्वास्थ्य इमर्जेन्सीजस्तो स्थितिसँग लड्न बनाएकाे डिजिज कन्ट्रोल एजेन्सीका स्वास्थ्य अधिकारीहरुले भाइरसको भारतीय भेरियन्ट भेटिएकाे भन्दै देशमा हाई अलर्ट जारी गरेका हुन् । अधिकारीहरुका अनुसार भारतबाट आएका केही यात्रीहरूलाई १४ दिन क्वारेन्टिनमा राखिएको थियो । जहाँ उनीहरुलाई भाइरसको संक्रमण पुष्टि भएको हो । यद्यपि, यही भेरियन्टकै कारण भारतमा दोस्रो लहर यति घातक भएको भन्ने अझै पुष्टि भने भएको छैन ।

२९ अप्रिलमा चिनियाँ न्यूज वेबसाइट गुआन्चा डट सीएनद्वारा अयोजित पत्रकार सम्मेलनमा चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का प्रमुख इपिडिमियोलोजिस्ट वू जुनयूले नयाँ भेरियन्टबाट संक्रमणको पुष्टि गरेका थिए । यद्यपि, उनले नयाँ भेरियन्टबाट कति जना सक्रमित फेला परेका छन् भन्ने चाहिँ जानकारी दिएनन् । उनले चीनका केही सहरमा भारतको म्युटेन्ट भाइरस भेटिनु चिन्ताको विषय भएको बताए पनि कुन शहर भनेर पनि खुलाएनन् । बीबीसी हिन्दी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस