
१९ वैशाख, काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ ।
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेपछि आजबाट थप कडाई गर्न लागिएको हो । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
शनिवार सडकमा गाडी कम भएपनि बैंक तथा वित्तीय संस्था सञ्चालन हुँदा सडकमा सवारी चाप बढेको पाइएकाले आजदेखि सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउने तयारी उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन् ।