समाचार

कोरोनाबाट एकै परिवारको दुई जनाको मृत्यु भएपछि महेन्द्र चोक क्षेत्र सिल

sill

१९ वैशाख, सुनसरी । कोरोना सङ्क्रमणबाट एकै परिवारको दुई जनाको मृत्यु भएपछि  स्थानीय प्रशासनले सुनसरीको इनरुवा ३ स्थित महेन्द्र चौक क्षेत्र  सिल गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार एकै परिवारका दुई जनाको तिन दिनको फरकमा मृत्यु भएपछि संक्रमणको अबस्थालाई मध्यनजर गदै  सो क्षेत्रमा सिल गरिएको बताए । कोरोना सङ्क्रमणबाट तिन दिनको फरकमा आमा छोराको मृत्यु भएको थियो । गएको बुधबार आमाको मृत्यु भएकोमा शनिबार विहान छोराको पनि मृत्यु भएको थियो ।

एकै परिवारका सदस्य सङ्क्रमित भए पनि कन्ट्याक्ट ट्रेसिङबाट पत्ता नलागेपछि महेन्द्रचौक क्षेत्र अति संवेदनशील देखिएकाले उच्च सङ्क्रमणको जोखिम भएको त्यस आसपासमा अर्को आदेश नभए सम्मका लागी सिल गरिएको सिडियो ढकालले जानकारी दिए ।

परिवारका अन्य पाँच सदस्यहरू समेत सङ्क्रमित देखिएकाले अहिले उनीहरु होम आइसोलेसनमा बसेका छन् । पछिल्लो एक साता यता इनरुवामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वातै बढेर सय भन्दा बढी पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *