गण्डकी प्रदेश

पोखरामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

covid 19 dead body

१९ वैशाख, पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वाथ्यमा समस्या देखिएपछि पोखराका विभिन्न अस्पतालमा उपचाररत ७ जना र होम आइसोलेसनमा बसेका १ जना सहित ८ जनाको मृत्यु भएको हो ।

जसमा पोखरा महानगरपालिका १६ का ७७ वर्षीय पुरुषको शनिबार होमआइसोलेसनमा निधन भएको हो ।

पोखरा २६ की ५८ वर्षीया महिलाको शनिबार राति मणिपाल अस्पतालमा, पर्वत कुश्मा नगरपालिका ५ की ७६ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा, दाङ राप्ति गाउँपालिका ५ का ४३ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा, पोखरा महानगरपालिका १६ की ७३ वर्षीया महिलाको मेडप्लस अस्पतालमा, पोखरा १० की महिलाको मेडिप्लसमा, पोखरा १९ का ५४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा र रुपन्देही बुटवल उपमहानरपालिका ३ का ७५ वर्षीय पुरुषको मेडिप्लस अस्पतालमा निधन भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३१ पुगेको छ ।

gandaki corona update19

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *