मुख्य समाचार

५४ अंकले बढ्यो सेयर बजार, ७ अर्ब बढीको कारोबार

share market nepal

१९ वैशाख, काठमाडौं । आइतबार सेयर बजारमा उछाल देखिएको छ । निषेधाज्ञामा विभिन्न क्षेत्र बन्द भएसँगै  सेयर बजारतर्फ लगानीकर्ताको आकर्षण देखिन्छ । सेयर बजार ५४ अंकले बढेको छ । बजार समग्रमा २.०७ प्रतिशतले बढेको हो । यस दिन सेयर बजार २६६५.१० बिन्दुमा अडिएको छ । आइतबार ७ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहहरु बढेका छन् ।

बैंकिङ १९, ब्यापार ७९, होटल तथा पर्यटन १११, विकास बैंक ३८, जलविद्युत ३७, फाइनान्स १६, निर्जीवन बीमा ४४८, उत्पादन १५०, अन्य ९४, माइक्रोफाइनान्स १०४ र जीवन बीमा ६३२ अंकले बढेका छन् । लगानी र म्युचुअल फण्ड समूह १ अंकमुनि हरियो रहे । तीन कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ । महिला लघुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनी र सिंगटी हाइड्रोको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।

सो मूल्य वृद्धिपछि महिलाको मूल्य प्रतिकित्ता ३४३७, विशाल बजारको ५६०८ र सिंगटीको ३९९ रुपैयाँ पुगेको छ । त्यस्तै सानिमा जनरल इन्स्योरेन्सको मूल्य ८.७ प्रतिशतले बढेर ८१२ रुपैयाँ पुगेको छ। युनिभर्सल पावरको मूल्य ७ प्रतिशत बढ्यो । यस दिन मूल्य घट्ने कम्पनीको गिरावट २ प्रतिशतभन्दा मुनि रह्यो । कारोबारका आधारमा एनसिसी बैंक अग्रस्थानमा रह्यो ।

सो कम्पनीको ४२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य ४ प्रतिशतले बढेर प्रतिकित्ता ३६७ रुपैयाँ कायम भएको छ । त्यस्तै पुनर्बीमा कम्पनीको ४० करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य करिब ५ प्रतिशत बढेर १५१२ रुपैयाँ पुगेको छ । नेपाल टेलिकमको ३२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य ४ प्रतिशतले बढेर १३७० रुपैयाँ कायम भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस