मुख्य समाचार

शंकर पोखरेललाई एकपछि अर्को धक्का, एमाले सांसदले दिए राजीनामा

narayan pandey

१९ वैशाख, काठमाडौं । एमाले सांसद दूग नारायण पाण्डेले राजीनामा दिएका छन् । उनी कपिलबस्तु २ क बाट विजयी भएका थिए ।  प्रदेशसभाका सूचना अधिकारी दिनेश अधिकारीले पाण्डेको राजीनामापत्र आफ्नो टेबुलमा आइपुगेको पुष्टि गरे ।

विपक्षी गठबन्धनसँग पनि ४० सांसद नै रहेको अवस्थामा संघीय सत्ताको जोडबलमा आफू नै मुख्यमन्त्री बन्ने अभियानमा रहेका पोखरेललाई अन्ततः एमालेका अर्का सांसदले पनि राजीनामा दिएर धक्का दिएका छन् ।

४१ सांसदको गणना गर्दै एकल बहुमतको सरकार गठनको तयारीमा जुटेका पोखरेललाई सुरुमा सांसद विमला खत्रीले झट्का दिइन् । खत्रीले आफू नेकपा माओवादी केन्द्रमा रहने भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएपछि पोखरेल ४० सांसदको समर्थनमा खुम्चिएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस