
१९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २४ घण्टामा २७ जनाको मृत्यु भएको हो ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या एकदिनमा नेपालमा भएको सबैभन्दा अत्यधिक संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतबार अपरान्ह सार्वजनिक तथ्यांकका अनुासर १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस