मुख्य समाचार

शंकर पोखरेलको नियुक्ति बदर गर्न माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ

shankhar pokhrel

१९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन्।

प्रदेश प्रमुखले एमाले र विपक्षी गठबन्धनसँग समान ४०–४० सांसद भएको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि अवस्था बिग्रिएको हो । प्रदेश प्रमुखको निर्णयबाट विपक्षी गठबन्धन आक्रोशित देखिएका छन् ।

नेकपा एमालेका तीन सांसदले पछिल्लो समय राजीनामा दिएपछि अहिले एमालेसाग केवल ३७ मात्र सांसद रहेका छन् । विपक्षी सांसदहरुले ४१ सांसदको हस्ताक्षरसहित कुलबहादुर केसीको नेतृत्वमा प्रदेश सरकार गठनको दावी प्रस्तुत गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस