
१९ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टी भएको छ ।
साथै उनकी पत्नी इन्दिरा फुयाँललाई पनि संक्रमण पुष्टी भएको छ । आज बिहान दिइएको स्वाव परिक्षणका क्रममा पोजिटिभ रिपाेर्ट आएको मन्त्री ढकालको सचिवालयले जनाएको छ ।
मन्त्री ढकाल केहीदिन पहिले चितवनको अयोध्यापुरीमा राम सीताको मूर्ति स्थापना समारोहमा पनि सरिक भएका थिए ।
प्रतिक्रिया दिनुहोस