
१९ वैशाख, काठमाडौं । नेपाल आयाल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्ने भएको छ ।
स्वचालित मुख्य प्रणाली अनुसार पछिल्लो पटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि निगमले कोभिड–१९ को विषम परिस्थितिलाई मनन् गर्दै मूल्यबृद्धि नगर्ने भएको हो ।
आइतबार एक सूचना जारी गर्दै निगमले पछिल्लो पटक मे १ मा इण्डियन आयल कर्पोरेसनबाट बढेर आएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ ७६ पैसा, डिजेलमा ३ रुपैयाँ ४२ पैसा र खाना पकाउने एल.पी ग्यासमा प्रति सिलिन्डर ३७५ रुपैयाँ १३ पैसा घाटा रहेको जनाएको छ । जसबाट निगमलाई हाल पाक्षिक करिब एक सय करोड नोक्सान रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस