मुख्य समाचार

नागरिक एपको फुल भर्सन सार्वजनिक, एपबाटै खोले प्रधानमन्त्रीले नेपाल बैंकमा खाता

nagrik app

१९ वैशाख, काठमाडौं । सरकारले चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आइतबार सूचना प्रविधिसँग सम्बन्धित विभिन्न निर्णयहरु गरेको छ । सरकारले नागरिक एपको ‘नागरिक एप’ को फुल भर्सन (१.३.१) सावर्जनिक गरेको छ ।

सरकारी निकायहरुले विभिन्न सेवाहरुलाई डिजिटलाइज गर्दै लगेपछि सेवापिच्छे फरक फरक मोबाइल एप सञ्चालन गर्नुपर्ने झन्झटलाई ध्यानमा राख्दै गत माघ २ गते मन्त्रालयले एपको बेटा भर्सन सार्वजनिक गरेको थियो ।

सरकारी निकायले जारी गर्ने सम्पूर्ण व्यक्तिगत कागजात वा सूचनालाई एउटै प्लाटफमबाट उपलब्ध गराएर सार्वजनिक सेवालाई चुस्त बनाउने उद्देश्यले सरकारले नागरिक एप सार्वजनिक गरेको थियो । नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाइनबाट बैंक खाता, लोक सेवा फारम भर्न, सिम कार्ड खरिदका साथै पहिचान आवश्यक पर्ने सबै स्थानमा उपयोगी हुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक नागरिक एपबाटै नेपाल बैंकमा खाता खोलेका छन् । अहिले नेपाल बैंकसँगै नागरिक एपबाट सिद्धार्थ बैंकमा खाता खोल्न सकिने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस