समाचार

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

rape

२० वैशाख, जुम्ला । जुम्लामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । कनकासुन्दरी गाउँपालिका-१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

बुद्धिमानले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी चौथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस