
२० वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई चिकित्सकको सल्लाहअनुसार केही दिन वीर अस्पतालमै रहने भएका छन् ।
गत शुक्रबार उनको पेटको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया भएको थियो । शल्यक्रियापछि अहिले उनको स्वास्थ्यमा राम्रो सुधार भएको चिकित्सकहरुले बताएको जसपा नेपालका कार्यकारिणी सदस्य विश्वदीप पाण्डेले बताए ।
उनी केही दिन चिकित्सकहरुको निगरानीमा वीर अस्पतालमै रहने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस