
२० वैशाख, बुटवल । ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा रूपन्देहीको बुटवलमा एक युवकको मृत्यु भएको छ ।
कपिलवस्तुबाट बुटवलतर्फ आइरहेको ना ३ ख ७४०९ नम्मबरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको लु ४७ प ७१३६ नम्बरको मोटरसाइकलाई बुटवल उपमहानगरपालिका-१२ ढवाहमा ठक्कर दिएको थियो ।
सो दुर्घटनामा परी मोटरसाइकलका चालक कपिलबस्तुको वाणगंगा नगरपालिका–९ का २५ वर्षीय सुवास आचार्यको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस