बलिउड / हलिउड

आइसीयुबाट सिफ्ट भएपछि रणधीरले भने- ‘छिट्टै घर फर्किनेछु’

Randhir Kapoor

२० वैशाख, मुम्बई । कोरोनाका कारण कोकिलाबेन अस्पतालको आईसीयुमा भर्ना भएका अभिनेता रणधीर कपुरलाई सिफ्ट गरिएको छ । उनको अवस्थामा सुधार आएपनि अस्पतालले उनलाई आइसीयुबाट सिफ्ट गरेको हो । अभिनेता कपुर आफैंले आफ्नो स्वास्थ्यको बिषयमा जानकारी बाहिर ल्याएका हुन् ।

‘मेरो हातले पहिलेभन्दा निकै सुधार भएको छ । आशा छ छिट्टै घर फर्किनेछु’ एक वेबसाइटसँगको कुराकानीमा उनले भनेका छन्, ‘मेरो कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ । सास फेर्न पनि गाह्रो छैन ।’

आफुले कोरोना भ्याक्सिन दुबै डोज लिएको बताएका रणधीरले कोरोना टेष्ट समय आफुलाई जाडो भएको बताएका थिए । अहिले उनलाई अक्सिजनको सिलिन्डरको पनि आवश्यक छैन । रणधीर गत २९ अप्रिलमा कोरोना संक्रमित भएका थिए । सो समय उनका ५ स्टाफ मेम्बर्समा पनि कोरोना संक्रमण पाइएको थियो । उनका स्टाफ मेम्बर्सलाई पनि कोकिलाबेन अस्पतालमै भर्ना गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस