मुख्य समाचार

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, साढे ७ अर्बको कारोबार

Nepal Stok exchange

२० वैशाख, काठमाडौं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार ५४ अंक्ले बढेको नेप्से परिसूचक सोमबार १२ दशमलव ३६ अंकले घटेर २ हजार ६ सय ५२ अंकमा झरेको छ । सेयर बजार घटे पनि कारोबार रकममा भने कमी आएको छैन । ७ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

माइक्रोफाइनान्स र लगानीबाहेकका सबै समूह घटेका छन् । माइक्रोफाइनान्स ६९ अंकले बढ्दा लगानी समूह १ अंकमुनि हरियो रह्यो । बैंकिङ ९, ब्यापार १५, होटल तथा पर्यटन १२, विकास बैंक २२, जलविद्युत ३२, फाइनान्स ९, निर्जीवन बीमा ८०, उत्पादन ६४, अन्य ३२ र जीवन बीमा समूह ९० अंकले घटेका छन् ।

यस दिन विशाल बजार कम्पनी र महिला लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सिंगटी हाइड्रोपावरको मूल्य ८ प्रतिशतले बढेको छ । आजको कारोबारपछि विशाल बजारको मूल्य ६१६८ रुपैयाँ पुगेको छ । महिलाको मूल्य प्रतिकित्ता ३७८० रुपैयाँ पुगेको छ । सिंगटी हाइड्रोको मूल्य ४३१ रुपैयाँ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *