मुख्य समाचार

दमकमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

covid 19 dead

२० वैशाख, झापा । कोरोना सङ्क्रमणका कारण झापाको दमकका एक वृद्धाको मृत्यु भएको छ ।

नगरपालिका स्वास्थ्य शाखाका अनुसार एक सातादेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दमक नपा– २ की ६५ वर्षीया एक वृद्धाको आज बिहान मृत्यु भएको छ ।

कोरोना सङ्क्रमणको नयाँ भेरियन्टका कारण यसअघि समेत दमकमा एक वृद्धको निधन भएको थियो । दमकमा आज बिहानसम्ममा नयाँ भेरियन्टसँग ७०सङ्क्रमित फेला परेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस