मुख्य समाचार

सेनालाई एक हजार शैय्याको अस्पताल बनाउन निर्देशन, ठूला अस्पताल अब कोभिड अस्पताल

kp oli

२० वैशाख, काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि एक हजार बेड क्षमताको अस्थायी अस्पताल बनाउन नेपाली सेनालाई निर्देशन दिएको छ ।

सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र राजधानीमा गरी एक हजार बेडको अस्थायी अस्पताल बनाउन सेनालाई निर्देशन दिइएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि-चन्द्र मिलिटरी अस्पताल, उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिने पनि जनाए ।

साथै, प्रदेश सरकारले प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गर्ने र साना अस्पतालहरूलाई ननकोभिड अस्पतालको रूपमा सञ्चालन गर्ने भनिएको छ ।

ओलीले सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रंगशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, कोदामघर लगायत संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस