![Dibesh Pokharel](https://www.nmbnews.com/wp-content/uploads/2021/02/nmb-watermark-image.jpg)
२० वैशाख, काठमाडौं । अमेरिकन आइडलको प्रतिस्पर्धामा पुनः सहभागी हुने मौका पाएका नेपाली मूलका दिवेश पोखरेल (अर्थर गन) टप सेभेन अर्थात् उत्कृष्ट सातमा पुग्न सफल भएका छन् ।
अघिल्लो वर्ष अर्थात १८ औं संस्करणमा उपविजेता बन्न सफल पोखरेल १९ औं संस्करणमा पनि उत्कृष्ट सातमा पुग्न सफल भएका हुन् ।
यो संस्करणमा सिजन १८ का १० प्रतियोगीलाई आयोजकले प्रतिस्पर्धामा मौका दिएको थियो । तीमध्ये एक दिवेश पनि हुन् । नेपाली मुलका दिवेशले प्रतिस्पर्धाको दुवै सिजनमा जजको माया पाउन समेत सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस