
२० वैशाख, काठमाडौं । कोरोना संक्रमणका कारण नर्भिक अस्पताल भर्ना भएकी पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार शाहको स्वास्थ्यमा शनिबार, आइतबारको भन्दा सुधार देखिएको हो ।
आइसियूमा उपचार भइरहेकी शाहलाई दिइरहेको अक्सिजनको मात्रा घटाउनुपरेको चिकित्सक जेपी जैसवालले जानकारी दिए । उनका अनुसार कोमललाई अहिले प्रतिमिनेट सातदेखि आठ लिटर अक्सिजन दिइएको छ, यो पहिलेको भन्दा कम हो ।
पूर्वराजपरिवारमध्ये कोमल, पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह वैशाख ७ गते नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वराजा शाह र अधिराजकुमारी प्रेरणाको स्वास्थ्य भने सामान्य छ ।
प्रतिक्रिया दिनुहोस