
२० वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २९२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा २२२, ललितपुरमा ५२२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेमा ४४०, रुपन्देहीमा ६१९ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा संक्रमित पुष्टि भएको छ । १६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस