मुख्य समाचार

नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

Pradesh Pramukh Sapath

२० वैशाख, काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेशमा नवनियुक्त भएका प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ नवनियुक्त प्रदेश प्रमुखहरु गंगाप्रसाद यादव (सुदूरपश्चिम) र सीता पौडेल (गण्डकी)लाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सुदूरपश्चिम प्रदेशकी प्रमुख शर्मिलाकुमारी पन्त र गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको सिफारिसानुसार राष्ट्रपति भण्डारीले पन्त र शेरचनलाई पदमुक्त गरी उनीहरुको ठाउँमा सुदूरपश्चिममा गंगाप्रसाद यादव र गण्डकी प्रदेशमा सीता पौडेललाई नियुक्त गरेकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस