कर्पोरेट

कोका-कोलाद्वारा सङ्कटको सामना गर्न ‘स्टप द स्प्रेड’ कोष, २.४ करोड सहयोग गर्ने घोषणा

Coca-cola

२० वैशाख, काठमाडौं । कोका-कोलाले नेपालमा सङ्कटको सामना गर्नका निम्ति राष्ट्रको प्रयासलाई सहयोग पु¥याउन र फैलिएको महामारीलाई न्युनिकरणका लागि २.४ करोड दिने प्रतिबद्धता व्यक्त गरेको छ । कोरोना भाइरसको दोस्रो लहरबाट उत्पन्न विनाशबाट राहत दिन राष्ट्रव्यापी प्रयासमा साथ दिन कोका–कोलाले उक्त घोषणा गरेको हो ।

नेपालमा कोका–कोलाले खोप अभियानहरूमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्रीहरु (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजर आदि) प्रदान गर्ने जनाएको छ । खोप तथा स्वच्छता अभ्यासलाई प्रवर्धन गर्न देशभरि जागरुकता फैलाउने जनाएको छ ।

कोभिड १९ को महामारीको रोकथामको समर्थनमा कोका–कोला कम्पनीले विश्वव्यापी रुपमा एक विशेष ‘स्टप द स्प्रेड’ कोष खडा गरेको छ । यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजर) प्रदान गर्न, खोप र स्यानिटरी प्राक्टिसेजको जागरुकता सिर्जना गरी महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण गर्ने कम्पनीको विश्वास छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस