मुख्य समाचार

कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड

covid 19 dead

२० वैशाख, काठमाडौं । कोरोनाबाट पछिल्लो २४ घण्टामा ३७ जनाको  मृत्यु भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको हो ।

कोरोनाबाट मृत्यु हुनेको  यो अहिलेसम्मै बढी संख्या हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६२ पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा संक्रमित पुष्टि भएको छ ।

१६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस