विश्व/प्रवास

साउदी अरबसँग वार्ताका लागि तयार छाैँ : इरान

iran president

२० वैशाख, काठमाडौं । इरानले साउदी अरबलगायतका आफ्ना छिमेकीहरूसँग विवाद सुल्झाउन ‘कुनै पनि तह र हिसाबले’ वार्ताका लागि तयार रहेको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता सईद खतिबजादेहले इरानले साउदी अरब र अन्य खाडी मुलुकहरूसँगको विवाद नचाहेको र यसलाई मिलाउनका लागि सधैँ तत्पर रहेको जानकारी दिए ।

“स्वर र भाषणको परिवर्तनले तनाव कम गर्न धेरै मद्दत पुर्याउँछ,” खतिबजादेहले सञ्चारकर्मीसँगको साप्ताहिक भेटमा भने, “वार्ताबाट व्यवहारमा परिवर्तन ल्याउन सकिने र यसले जटिल समस्याहरूलाई हल गर्न सहयोग गर्छन् ।”

यस क्षेत्रका देशहरू, इरान र साउदी अरेबिया बीचको वार्ताले खाडी क्षेत्रलाई शान्ति, स्थायित्व र प्रगतिको मार्गमा अघि बढाउने पनि उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस