कर्पोरेट

होम डेलिभरी सहज बनाइदिन ई-व्यापार संघ नेपालको अनुरोध

ecommerce

२० वैशाख, काठमाडौं । ई-व्यापार संघ नेपालले कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितीलाई होम डेलिभरी सहज बनाइदिन अनुरोध गरेको छ । ई-व्यापार संघ नेपालले एक अपिल जारी गर्दै डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै गरिने सुरक्षित होम डेलिभरी गर्ने अवस्था बनाईदिन अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय र कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितीले होम डेलिभरी सहज बाताबरण बनाउन सहयोग गर्ने कुरामा हामी आशावादी रहेको भन्दै संघले स्वास्थ्य सुरक्षाका सावधानी अपनाउँदै होम डेलिभरीमा खटिएका ई-कमर्स कम्पनीका प्रतिनिधिहरुलाई प्रशासनले आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गरेको छ ।

‘महामारीको समयमा भौतिक दुरि कायम गरि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै गरिने सुरक्षीत होम डेलिभरी गर्न प्रशासन मार्फत आवस्यक समन्वय हुनुपर्ने अहिलेको आवश्यकता हो,’ संघले भनेको छ ।

त्यसैगरि हाल स्कुलदेखि विश्वबिद्यालय बन्द भै विद्यार्थीहरु घरमै स्वअध्ययन गर्न बाध्य हुनुपरेको समयमा किताब एवं स्टेसनरी सामानलाई पनि अत्यावश्यक बस्तुमा सूचीकरण गरि निर्वाध डेलिभरीको बाताबरण बनाउनु पर्ने माग समेत स‌ंघले गरेको छ ।

‘स्वास्थ्य मन्त्रालयले पटकपटक बालबालिका र ६० बर्ष नाघेका र १२ बर्ष मुनिका ब्यक्ति घर बाहिर ननिस्कन आग्रह गरिरहेको सन्दर्भमा कतिपय परिवारमा सोही समुहका ब्यक्ति किनमेल गर्न निस्कन परेको अवस्थामा सबै उमेर समुहका ब्यक्तिलाई घर बाहिर निस्कनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य होम डेलिभरिले गर्न सक्छ,’ संघले दाबी गरेको छ ।

त्यसैगरि यसको लागि संघले आफ्नोतर्फबाट गरिने  कामहरुको लागि प्रतिबद्धता समेत गरेको छ।

यस्ता छन् ई-व्यापार संघको प्रतिबद्धता:

१) ई–व्यापार संघसँग सम्बन्धित कम्पनीहरुले कडा सुरक्षा उपायहरू अवलम्बन गरेका छन् साथै स्वास्थ्य सेवा विभागको सहयोगमा अधिकांश दुवानी कर्मचारी लगाई खोप वितरण गरिसकेका छन् ।

२) ई–व्यापार संघका सदस्यहरू र सम्बद्ध डेलिभरी पार्टनरहरू र प्लेटफर्म बिक्रेताहरूलाई परिचयपत्र र एसोसिएसनद्वारा जारी गरिएको पत्रको साथ पहिचान गर्न सकिनेछ ।

३) सामान र सेवाहरुको अनलाइन मूल्य स्पष्ट रूपमा देख्न सकिन्छ र ग्राहकहरुमा सजिलो पहुँचयोग्य छ, जसले सरकारलाई मूल्य वृद्धि वा कृत्रिम अभाव नियन्त्रण गर्न मद्दत गर्दछ ।

४) सामान र सेवाहरू वितरण गर्दा कम्तिमा पनि ग्राहक र वितरणकर्मीहरूबीच दुई मिटर दूरी सुनिश्चित गरिनेछ ।

५) नाम, फोन नम्बर र स्थान सहित ग्राहकको डाटा भण्डारण गरिनेछ । यसले संक्रमित ग्राहक–राइडरको सम्पर्क ट्रेसिङ सहज बनाउँछ ।

६) वितरण भ्यानमा व्यक्तिहरूको संख्या दुई (२) भन्दा बढि हुने छैन र मोटरबाइक–स्कूटरका लागि सामानहरू–सेवाहरू वितरण गर्दा एक (१) भन्दा बढी हुने छैन ।

७) थप रूपमा, कम्पनीहरूले कोभिड १९ को सम्बन्धमा सरकारद्वारा जारी सबै अनिवार्य सुरक्षा प्रोटोकलहरू को पालना गरि रहेका छन् ।

८) डेलिभरी कर्मचारी र ग्राहक बीचको सम्पर्क कम गर्न एशोसिएशनको सदस्य कम्पनीहरूले क्यासलेस लेनदेनलाई प्रोत्साहित गर्दै डिजिटल भुक्तानीलाई जोड दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *