समाचार

कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

shankar bhandari

२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् ।

कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बस्नुभएका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन् ।

तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका भण्डारीको  वैशाख १८ गते स्वाव परीक्षण गर्दा भण्डारीसहित श्रीमती र छोरालाई कोरोना सङ्क्रमण देखिएको थियो । पूर्वमन्त्री भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेसनमै हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस